काठमाडौँ, ७ माघ । रास्वपा सभापति रवि लामिछानेले आफूमाथि नचाहिने अभियोजन लगाइएको भए पनि अदालती प्रक्रियाको सम्मान गर्नुपर्ने बताएका छन् । जनकपुरबाट पर्सा हुँदै चितवन आएका सभापति लामिछानेले आज काठमाडौँ फर्कँदै गर्दा भरतपुर विमानस्थलमा पत्रकारहरूसँगको कुराकानीमा उनले जे जस्तो भए पनि अदालती प्रक्रियालाई सम्मान गर्नुपर्ने र स्वीकार गर्नुपर्ने बताए । उनले भने, ‘नचाहिने कुराहरू लगाइ अभियोजनहरू…