काठमाडौँ, ३ पौष । नेपाल विद्युत् प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत् कटौती थालेको छ । हिउँदमा आन्तरिक उत्पादनले माग नधान्ने र भारतले साँझको समय (पिक आवर) मा आयात गर्न नदिएको जनाउँदै प्राधिकरणले औद्योगिक क्षेत्रमा साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् कटौती थालेको हो । हिउँदको माग र आपूर्ति व्यवस्थापन गर्न भारतबाट विद्युत् आयात गर्नुपर्ने हुन्छ । भारतबाट अहिले दैनिक…