काठमाडौँ, १५ फागुन । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले चुनावमा हुने कुनै पनि प्रकारका धाँधली एमालेलाई मान्य नहुने बताएका छन् । निष्पक्ष र धाँधलीरहित रूपमा चुनाव सम्पन्न गराउन सरकार गम्भीर नदेखिएको ओलीको भनाइ छ । अनेरास्ववियुले दमकमा आयोजना गरेको ‘बासँग विद्यार्थी' कार्यक्रममा उनले युवाहरूलाई विभिन्न माध्यमबाट फैलाइने भ्रममा नपर्न र त्यस्ता भ्रम चिर्न सक्रिय…