काठमाडौँ, १२ फागुन । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको प्राथमिकता मानव अधिकारलाई संस्थागत गर्नु र आउँदाे फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावलाई शान्तिपूर्ण सम्पन्न गर्नु रहेको बताएकी छन् । संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद्को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै उनले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई पीडितमैत्री र विश्वसनीय ढङ्गले टुङ्ग्याउन नेपाल प्रतिबद्ध रहेको उल्लेख गरेकी हुन् । सन् २०२६…