काठमाडौँ, २८ भदौ । नेकपा एमालेले निर्णायक शक्ति बनाउने वार्षिक कार्य योजना पारित गरेको छ । आज बसेको एमाले सचिवालयको ३६ औँ बैठकले पार्टीको वार्षिक कार्यायोजना पारित गरेको महासचिव शङ्कर पोखरेलले जानकारी दिए । जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ । महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना छ ।…