सप्तरीमा एमालेको झण्डामा आगजनी गर्ने निर्वाचन प्रहरी पक्राउ

सप्तरी, ९ फागुन । सप्तरी निर्वाचन क्षेत्र नम्बर-२ अन्तर्गत रहेका महदेवा गाउँपालिका-५ भगवतपुर चोकमा नेकपा (एमाले)को चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महादेव गाउँपालिका वडानम्बर-५ कै २५ वर्षीय  हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत भएको स्रोतले पुष्टि गरेको छ…