काठमाडौँ, २२ भदौ । अर्थ मन्त्रालयले परामर्श गरेर मात्र बहुवर्षीय ठेक्का सहमतिको प्रक्रिया अघि बढाउन विषयगत मन्त्रालय र सम्बन्धित निकायलाई पत्र पठाएको छ । चालु आर्थिक वर्षको बजेट कार्यान्वयन र स्रोत व्यवस्थापनलाई प्रभावकारी बनाउन अर्थले विभिन्न मन्त्रालय र निकायलाई पत्र पठाएको मन्त्रालयका प्रवक्ता महेश भट्टराईले जनाए । मन्त्रालयले चालु आर्थिक वर्षमा बहुवर्षीय ठेक्का सहमति माग गर्नुअघि उच्च…