काठमाडौँ, २२ भदौ । गृहमन्त्री रमेश लेखकले अन्तर्राष्ट्रिय संगठित अपराध, साइबर अपराध, आतङ्कवाद लगायतका बहुआयमिक चुनौतीलाई सम्बोधन गर्न कानुन कार्यान्वयन गर्ने निकायहरूबिच अन्तर्राष्ट्रिय सहयोग र समन्वय आवश्यक रहेको बताएका छन् । इन्टरपोल स्थापनाको शताब्दी दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस मनाउने घोषणा गरिए अनुरूप नेपाल प्रहरी प्रधान कार्यालयमा शनिबार आयोजित विशेष समारोहलाई…