काठमाडौँ, १३ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकता दिन नीतिगत र व्यवहारिक रुपमा व्यवस्था हुनुपर्ने बताएका छन् । बिहीबार प्रधानमन्त्री निवास वालुवाटारमा आयोजित 'काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४' मा सहभागी राष्ट्रिय महिला भलिबल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई पुरस्कार तथा सम्मान कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । मन्त्री चौधरीले भने, 'खेलकुदलाई विश्वभर उच्च…