काठमाडौँ, ११ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले राजनीतिक दलहरू सच्चिनुको विकल्प नरहेको बताएका छन् । आज संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले राजनीतिक दल र नेताहरूप्रति जनताको आक्रोश देखिन थालेको भन्दै सच्चिनुको विकल्प नरहेको उल्लेख गरे । उनले भने, "आमनागरिकहरूले राजनीतिक दलहरूलाई चासोका साथ हेर्न थालेका छन्, हस्तक्षेप सुरु…