काठमाडौँ, १२ भदौ । कांग्रेस सभापति शेरबहादुर देउवाले महासमितिबाट पारित पार्टीको वैचारिक दस्ताबेजमा चुनावी गठबन्धन र नेताहरूको ‘एक्जिट पोलिसी’ को विषय राख्ने कि नराख्ने भन्ने विषयमा समझदारी बनाउन मंगलबार बोलाएको बैठक बिनानिष्कर्ष टुंगिएको छ । देउवा निवास बुढानीलकण्ठमा पार्टीका उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित गृहमन्त्री तथा केन्द्रीय सदस्य रमेश लेखक…