सिन्धुली, २३ चैत । जिल्लाको फिक्कल गाउँपालिकामा नवनिर्मित फिक्कल आधारभूत अस्पतालको उद्घाटन गरिएको छ। बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले एक विशेष समारोहका बीच अस्पतालको उद्घाटन गर्नुभएको हो। अस्पतालको उद्घाटन गर्नुहुँदै मन्त्री थापाले स्वास्थ्य सेवामा पहुँच पुर्याउनु राज्यको दायित्व मात्र नभई यो नागरिकको आधारभूत आवश्यकता भएको बताउनुभयो। उहाँले भन्नुभयो, “दुर्गम क्षेत्रका नागरिकले सामान्य उपचारका लागि…