सुर्खेत, १६ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ०८४ मा आफ्नो पार्टी राँको बनेर आउने बताएका छन् । सुर्खेतको वीरेन्द्रनगरमा शनिबार भएको रास्वपाको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्दै उनले रास्वपा सकिन्छ भन्ने नसोच्न चेतावनी दिए । कांग्रेस–एमालेको वर्तमान सत्तागठबन्धनबाट जनताले केही पाउन नसक्ने भन्दै उनले बाँकी तीन वर्ष बाँडीचुँडी खाने मात्र भएको जिकिर गरे । ‘रविलाई…