काठमाडौँ, ८ भदौ । दक्षिण एसियाली क्षेत्रीय संगठन (सार्क) को अध्यक्ष मुलुक नेपालले न्युयोर्कमा अर्को महिना हुने ७९ औं संयुक्त राष्ट्रसंघ (यूएन) महासभाको दौरान सार्क परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन बैठक गर्न प्रस्ताव गरेको छ । महासभा सेप्टेम्बर १० मा सुरु हुँदै छ । महासभाको उच्चस्तरीय छलफल भने सेप्टेम्बर २४ देखि २९ सम्म चल्नेछ । उक्त अवसरमा अफगानिस्तानबाहेक सार्कका राष्ट्र प्रमुख वा…