सफलताका लागि योजनाबद्ध सक्रियता आवश्यक : प्रधानमन्त्री

काठमाडौँ, ४ भदौ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले सफलताका लागि एकताबद्ध र योजनाबद्ध सक्रियता आवश्यक रहने बताएका छन् । एमाले बागमती प्रदेशअन्तर्गत प्रदेश, जिल्ला, निर्वाचन क्षेत्रलगायत भूगोलमा जिम्मेवारी पाएका पार्टीका नेताहरूलाई कार्यक्षेत्र जानुअघि प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार निर्देशन दिँदै उनले आगामी निर्वाचनमा ०७९ को निर्वाचन परिणामबाट शिक्षा लिएर बहुमतको लक्ष्य हासिल गर्ने गरी काममा जुट्न निर्देशन…