पार्टीको अधिवेशनको समय थपिन्छ : प्रकाशशरण महत

काठमाडौँ, ३ फागुन । नेपाली कांग्रेसका प्रवक्ता एवं सांसद डा.प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् । आज चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे । उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गरे…