बिर्तामोड, ६ फागुन । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेवारहरुले प्रचार प्रसारलाई तीब्र बनाएका छन् । निर्वाचन आयोगले फागुन ४ गतेदेखि प्रचार प्रसार गर्न उम्मेदवारहरुलाई समय दिएको छ । झापा क्षेत्र नं. २ मा एमालेबाट उम्मेदवार बनेका देवराज घिमिरेले आज बिहान अर्जुनधारा वडा नं. ११ का विभिन्न चोक, टोलहरुमा घरदैलो गरेका छन् ।…