काठमाडौँ, ११ पौष । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित १५ जना उपसचिव र सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । मन्त्रालयको शुक्रबारको निर्णयअनुसार सात जना प्रजिअ, छ जना सहसचिव र दुई जना उपसचिवको सरुवा गरेको हो । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै नुवाकोटका प्रजिअ शशीधर घिमिरेलाई कारागार व्यवस्थापन विभागको महानिर्देशकमा सरुवा गरिएको…