काठमाडौँ, ४ भदौ । युवा तथा खेलकुदमन्त्री तेजुलाला चौधरीले क्रिकेट खेलाडीका लागि भौतिक पूर्वाधारलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको बताएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नेपाल प्रिमियर लिगको लोगो सार्वजनिक गर्दै भने, 'क्रिकेट रंगशालाहरू बनाउनको लागि प्राथमिकतामा राखेर धमाधम काम अगाडि बढाएको…