काठमाडौँ, २७ साउन । पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले तारागाउँ विकास समिति सरकारलाई बोझ बनेको बताएका छन् । आज बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समिति तथा पर्यटन समितिको बैठकमा नेपालले तारागाउँको नाममा विभिन्न जिल्लामा जग्गा र होटल/रेष्टुरेण्टहरु रहेको भन्दै उनले तिनको राम्रोसँग सदुपयोग नभएको बताएका हुन् । तारागाउँ विकास समितिबाट सन्चालित ककनीको रिसोर्टमा आफू…