माओवादीमा केन्द्रीय समिति भंग गर्न माग

काठमाडौँ, २७ साउन । माओवादीको स्थायी समिति बैठकमा केन्द्रीय समिति भंग गरी विशेष महाधिवेशनमा जानुपर्ने माग उठेको छ । केही नेताले पार्टीमा नेतृत्व हस्तान्तरण गर्नपर्ने सवाल पनि उठाएका छन् । अध्यक्ष पुष्पकमल दाहालले भने सरकारबाट बाहिरिनेबित्तिकै जिम्मेवारी छाड्दा गलत सन्देश जाने दाबी गरेका छन् । बैठकमा अध्यक्ष दाहालले पदाधिकारी र स्थायी समिति सदस्यलाई नेतृत्वलगायतका विषयमा खुलेर धारणा राख्न…