काठमाडौँ, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तरिक्षमा आफ्नै स्याटेलाइट स्थापना गर्ने बताएका छन् । आज प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्दै उनले भने, “नेपालको स्वामित्वमा रहेको अर्बाइटल स्लट उपयोग गरी अन्तरिक्षामा आफ्नै स्याटेलाइट स्थापना गर्नेछौँ ।” उनले वैदेशिक रोजगारीका कारण उपभोक्ताको उपयोग गर्ने तरिका र मागमा परिवर्तन आएको सुनाए । वैदेशिक रोजगारीले कस्तो परिवर्तन आयो…