माधव नेपालसहितको भ्रष्टाचार मुद्दा हेर्न नभ्याउनेमा

काठमाडौँ, ५ फागुन । पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनी नेपालको जग्गा हिनामिना प्रकरणमा पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सहसंयोजक माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दा ’हेर्न नभ्याउने’ सूचीमा राखिएको छ । आज विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, न्यायाधीशहरू हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासमा सुनुवाइका लागि पेसी तोकिएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा…