काठमाडौँ, ६ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले अबका दिनमा नेपाली नागरिकलाई दुखेको दुखाइको एमआरआई गर्ने बताएका छन् ।जनकपुरधाममा आज आयोजित 'प्रतिज्ञासभा'लाई सम्बोधन गर्दै शर्माले भने, "मधेस, पहाडलाई कहाँ–कहाँ दुखेको छ ? क–कसलाई कस्तो पीडा परेको छ ? नेपाली कांग्रेस विशेष महाधिवेशनबाट एमआरआई गरेर समाधानको संकल्पसहित कांग्रेस मधेस आएको छ ।”आग्रह र पूर्वाग्रहबाट माथि उठेर …