काठमाडौँ, २५ पौष । संसद्को सार्वजनिक लेखा समिति सभापति ऋषिकेष पोखरेलका स्वकीय सचिव अनिल पोखरेल पक्राउ परेका छन् । कोसी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालका अनुसार उनलाई विराटनगरबाट पक्राउ गरिएको हो । अनिललाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखिएको छ । उनीमाथि एमबीबीएसमा नाम निकालिदिने नाममा ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप छ ।…