काठमाडौँ, २ साउन । निष्पक्ष, पारदर्शी र व्यावसायिक भएर काम गर्न गृहमन्त्री रमेश लेखकले प्रहरीलाई निर्देशन दिएका छन् । आज प्रहरी प्रधान कार्यालयको निरीक्षण गरेका गृहमन्त्री लेखकले व्यावसायिकतामा सम्झौता नगरी काम गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘निष्पक्ष, पारदर्शी र व्यावसायिकतामा कुनै हालतले कमी हुनुभएन र यससँग सम्झौतापनि हुन सक्दैन । प्रहरी कर्मचारीहरूले उच्च मनोबलका साथ…