काठमाडौँ, १ साउन । विदेशी मुद्रा सञ्चिति, शोधनान्तर लगायत केही सूचक बलिया रहे पनि राजस्व संकलन, पुँजीगत खर्च, विदेशी अनुदानको अवस्था नाजुक रहेको बेला एमाले उपाध्यक्ष विष्णु पौडेलले पाँचौं पटक अर्थतन्त्रको बागडोर सम्हालेका छन् । नीतिगत भ्रष्टाचार, वित्तीय कुशासन, राजस्व चुहावट, ढिलासुस्ती मौलाइरहेको बेला राजस्व संकलन र पुँजीगत खर्चमा वृद्धि तथा चालु खर्च नियन्त्रण गरी अर्थतन्त्र लयमा…