सत्ता दाउपेचको असर संसद्‍मा

काठमाडौँ, २८ असार । संघीय संसद्का दुवै सदन सरकारबाट बाहिरिन लागेको र नयाँ बनेको गठबन्धनको राजनीतिक दाउपेचको सिकार बनेका छन् । राष्ट्रिय सभा र प्रतिनिधिसभाको बिहीबार बोलाइएका बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित भएका हुन् । यो घटनालाई अस्वाभाविक र असंसदीय भन्दै संसदीय मामिलाका विज्ञहरूले आलोचना गरेका छन् । राष्ट्रिय सभामा बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची रहेकामा सूचना…