काठमाडौँ, २३ असार । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले त्रिभुवन विश्वविद्यालयमा कार्यकर्ता भर्ती गर्ने दिन गएको बताएकी छन् । त्रिभुवन विश्वविद्यालयले त्रिभुवन विश्वविद्यालयका सावधिक पदमा नियुक्तिका आधार र मापदण्डसम्बन्धी विनियम, २०८१ जारी गरेसँगै कार्यकर्ता भर्ती गर्ने दिन गएको बताएकी हुन् । उक्त विनियमअनुसार विश्वविद्यालयका डीन, क्याम्पस प्रमुख लगायतका पदमा उम्मेदवारले राजनीतिक दलमा आबद्ध नभएको स्वघोषणा…