काठमाडौँ, ८ पौष । चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनाको अवधिमा नेपालले कुल १४८ देशसँग वैदेशिक व्यापार गरेको छ । यसमध्ये ११९ देशसँगको व्यापारमा नेपाललाई घाटा रहेको भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । व्यापारमा सबैभन्दा ठुलो हिस्सा भारत र चीनको रहेको छ भने केही देशसँग नेपालले केही हजारको मात्रै व्यापार गरेको छ । …