बलात्कार घटनाको अपराधीलाई कारबाही गर्न सांसदको माग

काठमाडौँ, १७ असार । प्रतिनिधिसभा सदस्य शान्ति विकले बलात्कार घटनाका अपराधीलाई कठोर कानुनी कारबाही गर्न सरकारसँग माग गरेकी छन् ।  आजको प्रतिनिधिसभा बैठकमा आकस्मिक समयमा बोल्दै सांसद विकले खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१२ को एक विद्यालयमा शिक्षकले नाबालिकालाई बलात्कार गरेको भन्दै कडा कारबाही गर्न माग गरेकी हुन् । उनले विद्यालय जस्तो पवित्र स्थलमा समेत बालिकाहरू सुरक्षित हुन…