राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, ५ पौष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।  पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउसो १२ बजे बैठक सुरु हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।  बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानीय तहको उपनिर्वाचनको समीक्षा, पार्टीको स्थानीय तहहरूको अधिवेशन, पृथ्वी जयन्ती, पार्टीका विभिन्न…