नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्न सांसद पन्तको प्रस्ताव

काठमाडौँ, ५ असार । नेकपा एमालेका सांसद रघुजी पन्तले नेपाल-भारत सीमामा पासपोर्ट लागू गर्ने प्रस्ताव गरेका छन् । आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले स्वतन्त्र मुलुकले खुला सीमा नियमित र नियन्त्रित गर्नै पर्ने बताए । उनले भने, ‘केही दिन देखि लगातार तराईमा मानिस मारिएका, दिउँसै गोली हानिएका समाचारहरू आइरहेका छन् । यसको मूल कारण खुला सीमाना…