काठमाडौँ महानगरका विद्यालयका सटर अब शैक्षिक काममा मात्र

काठमाडौँ, २९ जेठ । काठमाडौं महानगरपालिकाले सामुदायिक विद्यालयले व्यावसायिक भवन निर्माण गरी भाडामा लगाएका तीन सयभन्दा बढी सटर तथा टहरा खाली गराउन थालेको छ । महानगरको शिक्षा विभागले गरेको अध्ययनमा महानगरभित्रका ८७ सामुदायिक विद्यालयमध्ये ३७ वटाले सटर निर्माण गरी भाडामा दिएको पाइएको थियो । तीमध्ये सोमबारसम्म ११ विद्यालयका २ सय ३७ वटा सटरमा ताला लगाएको विभागले जनाएको…