निर्वाचन आयोगद्वारा फागुन ३ गतेभित्र घोषणापत्र बुझाउन आह्वान

काठमाडौँ, २९ माघ । निर्वाचन आयोगले फागुन ३ गतेभित्र घोषणापत्रको अभिलेख राखी विवरण आयोगमा पठाउन आह्वान गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फका सबै उम्मेदवारलाई आगामी फागुन ३ गतेभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्न आह्वान गरेको हो । निर्वाचन आचारसंहिता, २०८२ को दफा ३७…