सर्लाही, २९ माघ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश बनाउने काम एक जनाबाट मात्र सम्भव नभएकाले सबैलाई मिलाएर लैजाने बताएका छन् । सर्लाही निर्वाचन क्षेत्र नं ४ अन्तर्गत बुधबार साँझ जिल्लाको धन्कौलमा आयोजित मतदातासँग भेटघाट कार्यक्रममा उनले आफू मधेसबाट देश जोड्ने सन्देश दिने उद्देश्यसहित यहाँ आएको भन्दै मतदाताको विश्वास जितेर काम गर्ने बताए ।…