एमाले नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित

काठमाडौँ, २६ जेठ । नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन्  । पार्टीको आठौँ जिल्ला अधिवेशनअन्तर्गत शुक्रबार भएको विद्युतीय मतदानमा मैनाली दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्  । पाँचसय ९२ मतमध्ये उनले तीनसय ४५ मत प्राप्त गरेका थिए भने उनको प्रत्यासीद्वय बुद्धिबहादुर प्रधानले दुईसय ३७ र माधवप्रसाद तिवारीले दश मत प्राप्त गरेका…