मतदानस्थलका संरचना बनाउन पालिकालाई आयोगको निर्देशन

काठमाडौँ, ४ मंसिर । निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहमा कायम भएका मतदानस्थल, केन्द्रमा आधारभूत भौतिक संरचनाको उचित प्रबन्ध मिलाउन सम्बन्धित पालिकालाई निर्देशन दिएको छ । आयोगको सोमबार बसेको बैठकले मतदानस्थलमा खानेपानी, शौचालय, विद्युत्, सञ्चार, आवतजावतको वैकल्पिक मार्गका साथै ज्येष्ठ नागरिक, महिला तथा अपांगमैत्री बनाउन निर्देशन दिएको हो । मंसिर १६ मा जिल्ला समन्वय समिति प्रमुख २, नगरपालिका…