आज प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, २३ जेठ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे सुरु हुने बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफल जारी रहनेछ ।  संसद् सचिवालयले जारी गरेको कार्यसूची अनुसार बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको आज अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् ।  बैठकमा ‘विनियोजन विधेयक, २०८१’ लाई…