भक्तपुर, १ मंसिर । नेकपा (एमाले)को पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले राजनीतिमा पदको नेता नभई जनताको मनको नेता बन्नुपर्नेमा जोड दिनुभएकोछ । एमाले सूर्यविनायक नगरकमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै एमाले भक्तपुरको इन्चार्ज समेत रहनुभएका नेता बस्नेतले पार्टी नेतृत्वले संगठन निर्माण तथा पार्टीको पक्षमा काम गर्दा पास मात्र गरेर छुट नपाउने बताउनुभयो । नेतृत्वले डिस्टिङ्शन…