सहकारी ठगी होस् कि मानव तस्करी, गल्ती गर्नेले सजाय भोग्नुपर्छ : गगन थापा

काठमाडौँ, २४ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कानुन विपरीत काम गर्ने जोसुकै पनि अनुसन्धानको दायरामा आउनुपर्ने बताएका छन् । आज फेसबुकमा एक स्टाटस लेख्दै उनले सहकारी प्रकरण होस् कि मानव तस्करी यस्ता प्रकरणमा सत्ताको नजिकको होस् कि टाढा जो भए पनि अनुसन्धान हुनुपर्ने बताएका हुन् । उनले भनेका छन्, 'कोहीप्रति कुनै प्रकारको पूर्वाग्रह…