काठमाडौँ, ३ जेठ । सत्ता र प्रमुख प्रतिपक्षबीचको टकरावले संसद् बैठक मुठभेड उन्मुख देखिएको छ । सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको संलग्नतामाथि छानबिन गर्न संसदीय समिति गठनको माग राखेर सदन अवरुद्ध गर्दै आइरहेको कांग्रेस बुधबारदेखि सत्तालाई दबाब दिन सडक मोर्चामा समेत उत्रिएको छ । भ्रातृ संस्थाहरू तरुण दल, नेविसंघ र महिला संघको अगुवाइमा बुधबार राजधानीका विभिन्न…