जापानी विदेशमन्त्रीद्वारा वसन्तपुर क्षेत्रको अवलोकन

काठमाडौँ, २३ वैशाख । नेपाल भ्रमणमा रहेकी जापानी विदेशमन्त्री खामिखावा योकोले आइतबार दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छन् । आजै काठमाडौँ आएकी उनी दिउँसो २ बजे वसन्तपुर क्षेत्रमा पुगेकी थिइन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्तुको अवलोकन गर्दै करिब आधा घण्टा बिताइन् । अवलोकनपछि उनले बुद्धको मूर्ति खरिद गरिन्…