संसदीय छानबिन समिति नबनेसम्म कांग्रेसले संसद् चल्न नदिने

काठमाडौँ, २७ वैशाख । कांग्रेसले सहकारीको बचत अपचलनमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति नबनाए शुक्रबारदेखि सुरु हुने बजेट अधिवेशन अवरुद्ध पार्ने चेतावनी दिएको छ । पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीहरूको बुधबार बसेको बैठकले समिति बनाउनुपर्ने पूर्वअडानबाट पछि नहट्ने बरु अझै कडाइका साथ संसद्मा प्रस्तुत हुने निर्णय गरेको हो ।  ‘राज्य संयन्त्र नै एउटा व्यक्तिलाई…