भूकम्पपीडित टहरामा उकुसमुकुस

सुर्खेत, २३ वैशाख । जाजरकोटको नलगाड—४ का ४३ वर्षीय पृथ्वीबहादुर विकको ७ जनाको परिवारले झन्डै साढे ३ महिना त्रिपालमा बितायो । फागुन पहिलो सातादेखि त्रिपालबाट अस्थायी टहरामा सरेका उनीहरू अहिले भने चर्को गर्मी भोग्न बाध्य छन् । उनी र पत्नी बिर्मीबाहेक ३ छोराछोरी र बाआमा बिरामी भएका भयै छन् । ‘चिसोमा त्रिपालमा सास्ती काट्यौं, अहिले टहरामा, अझै यस्तो…