काठमाडौँ, १२ वैशाख । नेपाल भ्रमणमा रहेका कतारका शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । आज होटेल सोल्टीमामा कतारका अमिर र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता भएको हो । भेटवार्ता सकिएकाले अब नेपाल र कतारका प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठक सुरू हुँदै छ । यसपछि केही सम्झौता र समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ…