उन्मुक्तिको बन्धक बन्यो सुदूरपश्चिमको प्रदेशसभा

धनगढी, १ बैशाख । शुक्रबार मध्याह्न नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले आफ्नो पार्टीका सांसद एवं संसदीय दलका नेता घनश्याम चौधरीलाई तीन महिनाका लागि निलम्बन गरिएको पत्र सुदूरपश्चिमका सभामुख भीमबहादुर भण्डारीलाई जानकारीका लागि पठाइन् । अध्यक्ष श्रेष्ठको पत्र त्यतिबेला जारी भयो, जतिबेला उनको पार्टीका प्रदेश सांसदहरूको अर्को समूहले श्रेष्ठले नरुचाएका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा दाबी पेस गर्न…