ताप्लेजुङ, २९ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई संगठित गर्दै अघि बढ्न आफ्ना नेता कार्यकर्तालाई सुझाव दिएका छन् । आज ताप्लेजुङ सदरमुकाम फुङलिङमा निर्माण भएको मदन भण्डारी स्मृति भवन तथा एमाले पार्टी कार्यालयको उद्घाटन गर्दै उनले आफ्नो स्वार्थमा नभई देश र जनताको हितलाई ध्यानमा राख्दै योजनावद्ध रूपमा अघि बढ्न आफ्ना कार्यकर्तालाई सुझाव…