कर्मचारीमाथि हातपातमा उत्रिए मधेशका पूर्वमन्त्री

राजविराज, १९ चैत । मधेश प्रदेशसभामा जनमत पार्टीका संसदीय दलका नेता एवं प्रदेशका निवर्तमान शिक्षामन्त्री महेशप्रसाद यादवले आइतबार पूर्वाधार विकास कार्यालय राजविराजका प्रमुख प्रवीणप्रताप अधिकारीलाई दुर्व्यवहार गरेका छन् । दुई वटा आयोजनाको चिठी आफूले पठाएको व्यक्तिलाई नदिएको भन्दै यादवले आफूलाई कार्यालयमै हातपात गरेको अधिकारीले बताए । प्रदेश सरकारको रेडबुकमा रहेको १०/१० लाख रुपैयाँको दुई वटा योजनाको चिठी…