काठमाडौँ, ९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सिंहदबारमा जारी दुई नेताबिचको छलफलमा समाजवादी मोर्चा, सरकारका काम कारबाही, प्रदेश भागबण्डा लगायतका विषयमा छलफल भएको बुझिएको छ । फागुन २१ मा नयाँ गठबन्धन बनेर एमाले सत्ता सहयात्री भएपछि प्रचण्ड र अध्यक्षबिचको भेटघाट र छलफल बाक्लिँदै आएको…